पोखरा । विभिन्न व्यवसायिक संस्था नअटेकाहरुलाई आवद्ध गर्ने हेतुले पोखरामा पोखरा चेम्बर्स अफ कमर्सको स्थापना भएको छ । कास्कीमा रहेर सेवा प्रदान गरिरहेको उक्त संस्थाले व्यवसायीको हकहितमा काम गर्छ । जसका अध्यक्ष हुन् किसान सुनार । स्थापना भएको ६ महिनाको अन्तरालमा संस्थाले के कस्ता कामकारवाही ग¥यो, भावी योजना के छन्, उक्त संस्थालाई व्यवसायीले कुन रुपमा हेरेका छन् ? यी यावत विषयमा रहेर परिचय नेटवर्ककर्मी सन्तोष बस्याल अध्यक्ष किसान सुनार सँग कुराकानीमा जुटेका छन् :
पोखरा चेम्बर्स अफ कमर्स कस्तो संस्था हो र यसले कस्तो काम गरिरहेको छ ?
पोखरा चेम्बर्स अफ कमर्स नेपाल चेम्बर्स अफ कमर्समा आवद्ध संघ हो । यो नीजि क्षेत्रको छाता संगठन हो ।
विशेषतः २००७ सालमा नीजि क्षेत्रकै पहिलो संस्था जब सरकारले २०७४ साल असोजमा देशभरी नै संस्थामा जाने निर्णय ग¥यो, त्यसपछि हामी पनि त्यही हिसाबबाट दर्ता भयौँ । नेपाल चेम्बर्स अफ कमर्स नीजि क्षेत्रकै अग्रणी संस्था हो । खासगरी हामीले अहिले उद्योग, वाणिज्य, शिक्षा, स्वास्थ्य, पर्यटनका क्षेत्रमा काम गरिरहेका छौँ । कास्कीको सन्दर्भमा हामीले यो जिल्लालाई कार्यक्षेत्र बनाएर नीजि क्षेत्रको प्रतिनिधिमुलक संस्थाको रुपमा परिभाषित गरिरहेका छौँ । छोटकरीमा भन्दा विशुद्ध व्यवसायिक संस्था हो यो ।
पोखरा चेम्बर्स अफ कमर्स गठन भएपश्चात् हालसम्म के के काम भए ?
मुख्यतयः नेपालमा हाम्रो संस्थाको लामो इतिहास कायम रहेपनि कास्कीको सन्दर्भमा हामी ६ महिनाको वरिपरि नै छौँ । पहिलो चरणमा हाम्रो संस्थाको चुस्तदुरुस्त सचिवालय व्यवस्थापन मै ध्यान केन्द्रित रह्यो ।
दर्ता भएपछि व्यवसायिकसँग जोडिएका स्टेक होल्डरहरुसँग हाम्रो सहकार्य जारी राख्ने काम रह्यो । जस्तै, प्रदेश सरकारका सबै मन्त्रालयहरु, सबै स्थानीय तहहरु, महानगरपालिका लगायतका जति पनि व्यवसायिकसँग जोडिने क्षेत्रहरु छन्, ती संघसँस्था त्यस्ता निकायहरुसँग सम्बन्ध विस्तार गर्ने, नीजि क्षेत्रका आफ्ना कुराहरु राख्ने र पोलिसी लेवलमा नीतिगत सुझाव दिने कुरामै हाम्रो पहिलो ध्यान केन्द्रित रह्यो ।
बजेट आएको छ, बजेटको सन्दर्भमा नीजि क्षेत्रलाई पार्ने प्रभावहरु त्यसका सकरात्मक र नकरात्मक कुराहरुमा हामी आफ्नो टिप्पणीहरु गर्दै आइरहेका छौँ । विशेष गरी व्यवसायीको उत्थानका निम्ति सुझाव दिने सन्दर्भबाट नेपाल सरकारको नीति तथा योजना होस् या प्रदेशको नीति तथा योजना होस्, त्यस्ता नीतिगत ठाँउहरुमा पहलकदमी गर्ने, पैरवी गर्ने कुरामा नै हाम्रो पहिलो चरणमा ध्यान केन्द्रित रह्यो । त्यसपछि व्यवसायीहरुको वास्तविक समस्याको पहिचान गरि विषयवस्तुहरु आएपश्चात त्यस्को प्राथमिकताको आधारमा हामीले कार्य प्रारम्भ सुरु ग¥यौँ । हामी आउनेबेलामा बैंकको ब्याजदरमा हाम्रो ध्यान केन्द्रित रह्यो । यसका लागि राष्ट्रबैंक, नीजि क्षेत्र र त्यसको सरकारी पक्षलाई राखेर अन्तरक्रिया कार्यक्रम पनि ग¥यौँ । अहिले पनि समग्रमा व्यवसायीहरुकै गुनासाहरुलाई प्राथमिकताका आधारमा काम गरिरहेका छौँ ।
अहिले विशेष गरि ४ वटै गाउँपालिकामा राजश्व परामर्शमा राजश्वसँग जोडिएका विषयलाई नितिगत सुझाव दिनका लागि उक्त गाउँपालिकामा संयोजक वा प्रतिनिधित्वको रुपमामा तोकेर काम बढायौँ र अहिले हामीले महानगरभित्र १२ वटा इकाईको रुपमा संस्थालाई विस्तार गर्ने लक्ष्य राखेका छौँ । कास्की जिल्ला भित्र रहेका सबै ठाउँका समस्याहरुलाई समाधान गर्ने हेतुले हाम्रा कामकारवाही अगाडि बढिरहेका छन् । अब हामीले सदस्यता विस्तारलाई पनि जोड दिएका छौँ । व्यवसायीहरुको इच्छा चाहाना बमोजिम नै हामीले उहाँहरुलाई प्रवेश गराउनेछौँ ।
तपाई पोखरा उद्योग वाणिज्य संघका एक कार्यकाल कार्यसमिति मै रहेर काम गर्नुभयो । अहिले आएर यो संस्थाको आवश्यकता नै किन रह्यो ?
यो महत्वपूर्ण प्रशन यहाँले राख्नुभयो, कतिपयलाई एउटा खालको भ्रम पनि सिर्जना भएको छ । म स्वभाविकरुपमा एक कार्यकाल अनुभवको हिसाबले कार्यसमितिमै रहेर पोखरा उद्योग वाणिज्य संघमा पनि काम गरे । हामी त्यहाँ गईरहँदा व्यवसायीहरुले नै अगाडीिबढ्न प्रेरित गर्नुभयो ।
निर्वाचन एउटा प्राविधिक पक्ष पनि रहेछ । धेरै व्यवसायीहरुको चाहना हुँदाहुँदै पनि प्राविधिक कारणले हामीले सोचेजस्तो हुन सकेन, अनुकुलता रहन सकेन । त्यसपछि हामी यतिकै रहेका थियौँ । हामीसँग यो भन्दा अगाडि पनि कास्कीमा चेम्बर्स खोल्ने विषयमा कुरा आइरहेका हुन्थे । म स्वतन्त्र रुपमा पोखरा उद्योग वाणिज्य संघ भन्दा बाहिर रहेर व्यवसायिक हितका लागि काम गरिरहेको थिए । पछि व्यवसायिक साथीहरुबाटै धेरै आग्रह आएपश्चात नै पोखरा चेम्बर्स अफ कमर्स सँस्था खोल्न पुगेका हौँ ।
नेपाल चेम्बर्स अफ कमर्सको अध्ययन पश्चातनै म तयार भएको हुँ । पदीय जिम्मेवारी भन्दा पनि फोरमको हिसाब र साथीहरुको चाहनाका कारणबाट म अगाडि बढिरहेको छु । कुनै एउटा निर्वाचन हार्दैमा अथवा कुनै एउटा विषयमा पछि पर्दैमा सबै कुरा सकिनु नहुनु भन्ने हुँदैन । हामी प्रतिस्पर्धी संस्था होइनौँ । हामी पोखरा उद्योग वाणिज्य संघ सँगै मिलेर काम गर्न प्रतिवद्ध छौँ ।
नीजि क्षेत्रका कुनै पनि विषयमा सहकार्य गरेर साझेदार भएर काम गर्न चाहन्छौँ । यसको गलत अर्थ नलागोस्, एउटा कुरा के हो भने पोखरा उद्योग वाणिज्य संघले सबै व्यवसायीहरुलाई गोलबद्ध गर्न सकिरहेको छैन । सदस्य बन्ने विविध आधारहरु भएकाले समस्या नभएका होइनन् । पोखरा उद्योग वाणिज्य पोखरामा मात्र सीमित छ । हामी त समग्र कास्की जिल्लामा फैलिन चाहन्छौँ । कास्कीका ३३ हजार व्यवसायीहरुको गुनासोलाई सम्बोधन गर्ने प्रयास हो हाम्रो ।
व्यवसायीले तपाईको संस्थालाई कुन रुपमा हेरका छन् ?
अहिले हामी धेरै उत्साहित छौँ । सुरुआती दिनमा हामीलाई फरक ढङ्गबाट बुझेता पनि अहिले त्यस्तो छैन । व्यवसायीहरु आफै गुनासा लिएर आउने गर्नुभएको छ । यो ६ महिनाको पिरियडमा वास्तवमै व्यवसायीको एउटा अर्को पहरेदार संस्था आयो । विशेषत पर्यटन व्यवसायीदेखि लिएर अन्य व्यवसायीहरुले हामीलाई हौसला प्रदान गुर्नभएको छ । हामीले गर्ने कार्यक्रममा उहाँहरुको उत्साहजनक सहभागिता रहेको छ । अन्य व्यवसायिक संस्थामा अट्न नसकेका व्यवसायीहरु हाम्रो संस्थामा अट्नुभएको छ, प्रतिक्रिया सकरात्मक छ ।
व्यवसायीको हितका लागि तत्काल गरिहाल्नुपर्ने काम के रहेछ ?
अहिले त हामी व्यवसायीकै वास्तविक समस्याको पहिचान गर्ने काम मै छौँ । उनीहरुको समस्यालाई संकलन गरेर डेटाका आधारमा समस्याको समाधान सुल्झाउने प्रयास हो हाम्रो । जुन कुरा प्राथमिकतामा पनि निर्भर गर्छ । समस्या गुनासाहरुलाई प्राथामिकताको आधारमा प्रस्तुत गर्ने प्रयास हाम्रो जारी छ । तत्काल हामी यसैमा केन्द्रित छौँ । पोखरा पर्यटन क्षेत्रसँग सम्बन्धित छ । अहिलेको बजेटमा पनि पर्यटनलाई त्यति बढी महत्व नदिएकाले आवश्यक लबिङ गर्ने र पोखरा मात्र नभई समग्र कास्की क्षेत्रकै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने काम अगाडि बढाईरहेका छौँ । यसका अलवा ब्याजदरका कुरा, करका कुरा, घरभाडाका कुरालाई श्रेणीगत आधारमा सुल्झाउदै लैजाने प्रयासमा हामी छौँ ।
संस्थाको अबको भावी योजना के छ ?
भावी योजना हामीले के बुझेका छौँ भने अगाडि मैले उल्लेख गरेका विषय ती समान्य विषयहरुको रुपमा रहे ।
दिर्घकालिन रुपमा हामीले हामीले के सोचेका छौँ भने यो पोखरा एउटा अन्तर्राष्ट्रिय शहरको रुपमा परिचित ठाँउ भएकाले र अब छिट्टै नै यहाँ अन्तर्राष्ट्रिय विमान पनि बन्ने तयारीमा रहेकाले पोखराको पर्यटन होस् वा अन्य कुनै उद्योग व्यवसाय होस् यसलाई अन्तर्राष्ट्रियस्थरसम्म पु¥याउनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ । हामीले भारतको चेम्बर्ससँग एमओयु ग¥यौँ । अब छिट्टै नै हङकङ र चाइनाको चेम्बर्ससँग पनि एमओयु गर्दै छौँ । नेपाल चेम्बर्स अफ कमर्सले ६५ वटा भन्दा बढी देशहरुको चेम्बर्सहरुसँग एमओयु गरेर काम गरिरहेको छ ।
हाम्रो अबको लक्ष्य भनेको यहाँको व्यवसायको प्रवद्र्धनका लागि अन्तर्राष्ट्रियकरण गर्ने नै हो । पुरानो ढङ्गबाट व्यवसाय सञ्चालन गरेका छौँ भने त्यसलाई परिष्कृत गरेर प्रवृृधिमैत्री वातावरणमा व्यवसायलाई ढाल्न पोखरा चेम्बर्स अफ कमर्स प्रयासरत रहेको जानकारी गराउँछु ।