Introduction

उपरोक्त सम्बन्धमा वि.स.ं २००७ सालमा स्थापित नेपाल चेम्बर अफ कमर्स उद्योग वाणिज्य क्षेत्रको पहिलो संगठित संस्था हो । मुलुकभरका उद्योगी,व्यपारी, व्यवसायीहरुको चेम्बरमा आवद्ध हुने चाहाना समेतलाई सम्बोधन हुने गरि चेम्बरको विधानमा शंसोधन गरिएको र मिति २०७४ पौष ९ बमोजिम नेपाल सरकार मन्त्रिपरिषदबाट स्वीकृती प्राप्त भई सोही मितिबाट नेपालको संघिय प्रणाली बमोजिम नेपाल चेम्बर अफ कमर्सलाइ महासंघको संरचनामा प्रदेश, जिल्ला, नगर तथा गाउ पालिका तह सम्म बिस्तार भईरहेको ब्यहोरा जानकारी गराउदछौं ।

नेपाल चेम्बर अफ कमर्स अन्तर्रगत प्रदेश, जिल्ला, नगर तथा गाउं पालिका तहमा गठित बिभिन्न चेम्बरहरुबाट सम्वन्धित क्षेत्रका बिकास निमार्ण, कानून मस्यौदा, कर महशुल निर्धारण लगायत सामाजिक र आर्थिक बिकास सम्वन्धी कृयाकलापमा निजी क्षेत्रको प्रतिनिधि मूलक सस्थां भएको हैसियतले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिवद्धता रहेको व्यहोरा अनुरोध गर्दछौ ।
पोखरा चेम्वर अफ कमर्स कास्की , नेपाल चेम्वर अफ कमर्स काठमाडौको आवद्ध संघको रुपमा कास्की जिल्लालाई कार्य क्षेत्र वनाई, उद्योगी, व्यवसायीहरुको हकहित संरक्षण गर्दै मुलुकमा आर्थिक गतिविधीहरुको विस्तार गर्ने निजि क्षेत्रको तर्फ वाट आर्थिक, औद्यौगिक तथा व्यापारीक नीतिमा सरकार सँग समन्वय र सहकार्य गर्ने र व्यापार व्यवसायको प्रवद्र्धन गर्ने उदेश्य सहित यस प्रदेश स्थीत उद्योगी व्यवसायीको छाता संगठनको रुपमा कार्यसम्पादन गर्दै आइरहेको व्यहोरा जानाकारीको लागी अनुरोध छ ।